प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०७९

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । 

काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धी कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेन्डाका विषयमा केही खुलाइनन् ।