वामदेव गौतम : ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

वामदेव गौतम : ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०७९

काठमाडौँ । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। 

साविक नेकपामा अन्तर्द्वन्द चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।