पद्मश्री साहित्य पुरस्कार: उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक(पुस्तक र लेखकको नामसिहत)

पद्मश्री साहित्य पुरस्कार: उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक(पुस्तक र लेखकको नामसिहत)

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार १५, २०७९

काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तक मध्येबाट उत्कृष्ट १५ सूची सार्वजनिक गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेकाे जनाइएको छ । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिएका छन्  ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दिएको जानकारि अनुसार  छनटोमा परेको पुस्तकहरूको सूचि यस प्रकार रहेको छ । 

अग्नि-  डा नवराज लम्साल
अर्काे भोर-  केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि -  दीनानाथ शर्मा
काफ्काको काम सकियो-  राजव
गुरु-  कविता राई
छाइल - लोकराज भट्ट
ताल्चा- दिलीप बान्तवा
निनाद - बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल-  राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम-  उषा हमाल
भोजपुरको बाङ्मय -  डा विप्लव ढकाल
महाभारा - बसन्त बस्नेत
मिथ्या- दीपक पराजुली
यादहरूको संग्राहलय-  केवल विनाबी
सत्यमोहन-  गिरीश गिरी