'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई समाजवादतिर लैजान सबै माओवादी धारहरूबीचको एकता आवश्य रहेको बताएका छन् । 

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशातिर पुर्‍याउन सबै माओवादी धारहरू एकजुट हुन आवश्यक रहेको बताएका हुन् । 

मोहन वैद्य र नेक्रविक्रम चन्द 'विप्लव'को क्रान्तिको खोजी गर्ने नियतप्रति आफ्नो शंका नभएको तर चाहानाले मात्र क्रान्ति नहुने प्रचण्डको भनाइ छ ।

‘माओवादी धार, त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन’, उनले भने, ‘तर, क्रान्तिकारी चाहनाले मात्र हुने कुरा होइन । क्रान्ति क्रान्तिकारीले मात्र गर्ने होइन । सही विचारमा लाखौँ जनतालाई गोलबद्ध गरेर जनताले गर्ने कुरा हो क्रान्ति ।’ 

सबैले आआफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौँ भन्दै प्रचण्डले वैद्य, विप्लवलगायतलाई पुनर्विचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिनेछन्', उनले भने ।