एन्फा महासचिव राईसहित ३ सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने

एन्फा महासचिव राईसहित ३ सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १६, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईसहित ३ सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कंग्रेसमा सहभागी हुने भएकाे छ ।  

एन्फाका अनुसार साफको साधारणसभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी  बिहीबार बंगलादेशकाे राजधानी ढाका प्रस्थान गर्दै छन् । 

६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भए पनि जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फाले निर्णय गरेको थियो । 

यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो ।