प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन

प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १६, २०७९

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डीसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् । 

स्थानीय समयअनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् । 

युनिभर्सिटीको भ्रमणको क्रममा प्रधानसेनापति शर्माले नेसनल वार कलेजका कमाण्डान्ट जेफ हर्लबर्टसँग भेटवार्ता गरेका थिए । 

वासिङ्टनमा उनले एनडब्लूसी, नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडिजलगायतका विभिन्न निकायका पदाधिकारीहरूसँग समेत भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले भेटघाटमा त्यहाँको शैक्षिक गतिविधि, तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

भ्रमणकै दौरान प्रधानसेनापति शर्माले युनाइटेड स्टेट आर्मी वार कलेज (एडब्लूसी) र युनाइटेड स्टेट आर्मी हेरिटेज एण्ड एजुकेसन सेन्टरको समेत अवलोकन गरेका थिए ।