डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा
share

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १६, २०७९

डिप्रोक्स लघुवित्तले १६ असारदेखि १ लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी आवेदन बुझाउनुपर्नेछ । यसमा २३ असारसम्म आवेदन दिन मिल्नेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामी शेयरको आवेदन २४ असार बिहान १० बजे एनआईबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।