समाजवादी प्रेस संगठन: मधेश प्रदेशको सदस्यता अद्यावधिक र अधिवेशनहरुको समय तालिका सार्वजनिक

समाजवादी प्रेस संगठन: मधेश प्रदेशको सदस्यता अद्यावधिक र अधिवेशनहरुको समय तालिका सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०७९

पर्सा । समाजवादी प्रेस संगठन, नेपालको  मधेश प्रदेशको विस्तारित वैठकले सदस्यता अद्यावधिक देखि जिल्ला अधिबेशन हुँदै प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक गर्दै  सम्पन्न भएको संगठनले जनाएको छ ।

संगठनका  प्रदेशका संयोजक बृजलाल पासवानले दिएको जानकारी अनुसार भेलाले मधेश प्रदेश अन्तर्गतका ८ मध वटा जिल्लाको संगठनको सदस्यता अद्यावधिक गरी असार मसान्त भित्र गरेर प्रदेश समितिलाई बुझाइ सक्ने  निर्णय गरेको छ ।

यस्तै मधेश प्रदेशका ८ वटै जिल्लाहरुको संगठनको अधिवेशन आगामी साउन १५ भित्र गरिसक्ने, प्रदेश अधिवेशन साउन २८ र २९ गते गर्ने निर्णय समेत लिएको छ ।

भेलाले नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय प्रचार विभागवाट संचालित कलम पत्रिका र कलम अनलाईन मधेश प्रदेशबाट  समाचार सम्प्रेषण गर्न प्रदेश प्रतिनिधिका  रुपमा बृजलाल पासवान र जिल्ला संवाददाताहरु  पर्सावाट रेविन्द्र कार्की, सर्लाहीबाट क्षितिज विश्वकर्मा,सप्तरीबाट अनिल पोख्रेल, बारावाट अजय साह, रौतहटबाट अस्मिता गिरी र धनुषाबाट अकुल साहलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । 

समाजवादी प्रेस संगठन मधेश प्रदेशका संयोजक वृजलाल पासवानको अध्यक्षतामा नेकपा(एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा मधेश प्रदेश उपाध्यक्ष रामचन्द्र साहको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका उपाध्यक्ष तथा केन्द्रीय प्रचार विभागका सचिव प्रकाश खतिवडा,  संगठनका उपाध्यक्ष तथा विभागका सदस्य सितल साह समाजवादी प्रेस संगठनका महासचिव तथा केन्द्रीय प्रचार विभाग सदस्य भूपराज खड्का एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का,प्रेस संगठन मदेश प्रदेशका इञ्चार्ज सुभाष साह,सह इञ्चार्ज राघव साह लगायतको बैठकमा  सहभागिता  रहेको थियो भने मधेश प्रदेशका संस्थापक सदस्य र जिल्ला अध्यक्ष तथा संयोजकहरुकाे उपस्थिति रहेको थियो ।