दृष्टि बिहीनहरुको भोगाई 'हाम्रो पनि मन हुन्छ' म्युजिक भिडियो बजारमा (भिडियोसहित)

दृष्टि बिहीनहरुको भोगाई  'हाम्रो पनि मन हुन्छ' म्युजिक भिडियो बजारमा (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार १८, २०७९

दृष्टि बिहीनहरुले भोग्ने गरेका दुःख सुखको कहानीलाई गीतमा उतारिएको हाम्रो पनि मन हुन्छ बोलको गीतको म्युजिक भिडियो डिलाईटेड नेपाल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।

 यसै बर्ष रचना तर्फको नातिकाजी स्मृती पुरस्कारबाट पुरस्कृत गीतकार डी पी दाहाल परिश्रमीद्वारा रचित उक्त गीतमा दृष्टि बिहीनहरुको मन भित्रका भोगाई हरुलाई राम्रो ढंगले प्रस्तुत गरिएको छ । प्रत्यक्षरुपमा आँखा देख्नेहरूले आँखा नदेखि विवश भएकाहरुलाई अन्तर्मन देखिनै माया गरौ, उनीहरुले बाहिरी आँखा नदेखे पनि भित्री आँखाले सबै देखिरहेको हुन्छ भन्ने कुरा गीतले बोलेको छ ।

अर्कालाई अर्ति दिन जो पनि तयार हुन्छन तर ब्यबहारमा खरो उत्रन सक्दैनन्, त्यसैले बोलीले मात्र हैन, ब्यबहारले नै दिदीबहिनीहरुलाई सहयोग गर्नुपर्ने, माया गर्नु पर्ने गीतका शब्दहरूले बोलेका छन् ।

धेरै धन कमाएकाहरु पनि सुखी नभएका र मनका खुशी पनि बाहिरै देखिदैन तसर्थ हामी भित्र रहेका बाहिरी र भित्री आँखा चिन्नु पर्ने, मान्छेको मन भित्र नै आगो र पानी हुने भएकाले संयमपूर्बक प्रश्तुत हुनुपर्ने, र दैवको लेखालाई कसैले टार्न नसक्ने पनि गीतमा समाबेश पाईन्छ ।

यस गीतमा लोकप्रिय गायक दिपक लिम्बु, गायिका पूजा देवकोटाको स्वर, पुरुषोतम न्यौपानेको संगीत, केशब  बडुको एरेन्ज रहेको छ । भिडियोलाई भिडियो निर्देशनमा लामो अनुभव भएकी लोकप्रिय निर्देशक स्मृती तिमिल्सेना (गुरुआमा)ले निर्देशन गर्नु भएको छ ।

सो भिडियोमा कलाकार द्वय कमल सिंह र आयुष्मा कार्किको अभिनय रहेको छ । डिलाईटेड नेपालको ब्यानरमा प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल, सम्पादन । कलर प्रकाश धमला, गीतको मिक्सीङ माष्टरीङ साजन शाह, क्यामरा सुरेश श्रेष्ठको  रहेको छ ।

 'हाम्रो पनि मन हुन्छ' म्युजिक भिडियो यहाँ क्लिक  गरेर हेरन र सुन्न सकिन्छ