कुमारी बैंक र नेपाल ल्याब हाउस बीच सेवाग्राहीलाई विभिन्न सुविधा सम्झौता

कुमारी बैंक र नेपाल ल्याब हाउस बीच सेवाग्राहीलाई विभिन्न सुविधा सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १८, २०७९

 काठमाडौँ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेपाल ल्याब हाउससँग सम्झौत गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । 

सो सम्झौता–पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख  नवीन मुनि बज्राचार्य तथा नेपाल ल्याब हाउसका तर्फबाट प्रबन्ध निर्देशक  बिदुर प्रसाद वस्तीले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता–पत्र अनुसार नेपाल ल्याब हाउसका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४६ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।