विद्यालयकाे नेपाली नाम जुराउनै गाह्रो

विद्यालयकाे नेपाली नाम जुराउनै गाह्रो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७६

काठमाडौँ । नेपाली नाम नपाएर होला कि किन हो निजी विद्यालयहरूले अंग्रेजी नाममा भसक्कै साइनबोर्ड हाले । सरकारले नियमावली बनाएर नाम नेपाली बनाउन निर्देशन के दिएको थियो, अहिले तिनै विद्यालयलाई नाम जुराउनै मुस्किल भइरहेको छ । 

 

संसारमा चलेको कुनै नाम सम्झिनोस्, आफ्नै सहरमा वा आफ्नै समुदाय आसपास त्यस्तो विद्यालय देख्न सकिन्छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ११ र १२ पढाइने देशभर करिब ६ हजार ५ सय निजीस्तरबाट सञ्चालित शिक्षालय छन् । यिनका ९० प्रतिशतको नाम अंग्रेजीमा छ ।

 

अंग्रेजी हटाई नेपालीपन झल्किने नाम राख्ने सरकारी निर्देशनपछि अहिले नाम खोज्ने र जुराउने होड चल्दै छ । केहीले नयाँ राख्दा त्यसको अगाडि दर्ता कसैले लिए/नलिएको खोज्न थालेका छन्, केही पुरानो नाम फेर्दा व्यवसायमा असर पर्ने भन्दै आलटाल गरिरहेका छन् । कान्तिपुर दैनिकले यो समाचार छापेकाे छ ।