प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी : ४० प्रतिशत छुटको व्यवस्था

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी : ४० प्रतिशत छुटको व्यवस्था

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार १९, २०७९

‘प्रज्ञाका प्रकाशित सवै पुस्तकहरू विशेष पुस्तक हुन् । हाल साझा प्रकाशन र नीजि प्रकाशन मार्फत सातै प्रदेशमा पुस्तकहरु पुर्‍याएर प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हरेक नेपालीहरुको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउन आफु लागिरहेको बताउँदै प्रतिष्ठानले 'पठनीय संस्कृतिको विकास , बिक्रि प्रबर्धन र लेखक र पाठकको जम्काभेटका लागी लेखक, प्रकाशक र पाठकको त्रिकोणात्मक भेट हुने थलो भनेको पुस्तक प्रदर्शनी स्थल हो । आवधिक रुपमा पुस्तक प्रदर्शनी थालनी गर्न लागेको नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनु भएकाे छ  । 

 प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रतिष्ठानका प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरु प्रदर्शनीको शुभारम्भ गर्दै कुलपति उप्रेती  सो कुरा व्यक्त गरेका हुन । यस्ता आवधिक प्रदर्शनीले पुस्तक प्रेमीहरूको उल्लेख्य सहभागिता हुने विश्वास समेत व्यक्त गरें ।’ 

प्रज्ञा प्रतिष्ठानको भानुभक्त कक्षमा मिति २०७९ असार ५ गतेदेखि असार ३० गतेसम्म चल्ने प्रदर्शनीमा वि.सं. २०१५ सालदेखि कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्द्येलको सिद्धान्त कौमुदी,  कुलचन्द्र गौतमको कविता राघवालङ्कार देखि वि.सं. २०७९ सालसम्म आउँदा प्राज्ञ प्रा.जगत् प्रसाद उपाध्याय, प्राज्ञ प्रा. दिनेशराज पन्त र प्राज्ञ. विष्णु प्रभातले संयोजन गरेका दर्शनावली भाग १ देखि भाग ८ , काव्य विमर्श र प्रा.डा. प्रेम खत्रीले सम्पादन गर्नु भएको नेपालका जातिय संस्कार खण्ड १,२,३,४,५,६र७ जस्ता हजारौ संख्यामा पुस्तकहरू प्रकाशन भइसकेका छन् ।

प्रज्ञाको भानुभक्त कक्षमा असार ५ गते देखि शुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञाले २०३० साल देखि २०७९   असार सम्मका प्रकाशन भएका पुस्तकहरू बिक्रीमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्वोनिक रसायन शास्त्रका पुराना पुस्तक र  नेपाली बृहत् शब्दकोश परिमार्जन सहित दशौं संस्करण र सातै प्रदेशका महत्वपूर्ण विषय वस्तु समेटने तस्विरमा नेपाल समेत प्रदर्शनी समावेश गरिएको छ ।

नव रसका धारा प्रवाह गर्ने धेरै संख्याका पुस्तकहरू एकै ठाउँमा आरामसँग हेर्न, पढ्न र मन परेका पुस्तकहरू छानेर किन्न पाइने हुँदा आपूm यस प्रदर्शनीमा अवलोकन गर्न आएको र यस्ता प्रदर्शनीबाट आफूजस्तै धेरै पुस्तक प्रेमी र अनुरागहरूलाई फाइदा पुगेको र यसले प्रदर्शनी सार्थक भएकोमा पुस्तक प्रेमी एवं सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापा खुसी व्यक्त गर्छन ।
‘प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान,अनुवादका र दर्शन सम्बन्धित धेरै पुस्तक र कवित ा, प्रज्ञा, समकालीन साहित्य थायभू आँगन लगायतका धेरै विषयका पठनीय अति उपयोगी झण्डै ५०० वटा पुस्तकपत्रपत्रिकाहरू प्रदर्शनीमा समावेश गरिएको र नयाँ थप पुस्तकहरु लोकवार्ता विवेचना, वोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास भाग १ र २, विश्व प्रख्यात नारीका कथाहरु र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथिली नेपाली शब्दकोष, प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, पाकिस्तानी महिला लेखन’ कर्णालीमा प्रचलित दर्शन परम्परा ,गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा, आधुनिक नेपाली नारी कथाहरू,गुरूङ पर्यावरणीय गीत, प्रशस्तपादभाष्य र प्रज्ञा नेपाली बाल निबन्ध जस्ता ७० भन्दा बढि नयाँ पुस्तकहरू प्रदर्शनीमा रहेको प्रतिष्ठानका सदस्य सचिव  डा.जगत प्रसाद उपाध्यायले जानकारी गराए ।

सचिव उपाध्यायका अनुसार पाठकहरू रूची अनुरसार तुफुका कवित, चीनका प्राचिन कथा, अमरकोश, नेपाली निघण्टु,एरिस्टोटल र उनका काब्यशास्त्र, तन्त्रसर्वस्य, अश्वत्थामा हतो हत, नेपालमा बुद्ध धर्म लगायतका पुस्तकहरू पुनः प्रकाशित भैसकेको र केही पुराना पुस्तकहरू पुन प्रकाशन हुने क्रम रहेको जानकारी गराउँदै ‘नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोश लगायतका शब्दकोशहरू मा १५ प्रतिशत छुटको व्यवस्था रहेको र प्रतिष्ठानबाट सुरू प्रकाशन भएदेखि २०७९ साल जेठसम्मका पुस्तकहरूमा ४० प्रतिशत छुटको व्यवस्था रहेको जानकारी समेत गराए ।

प्रदर्शनी व्यवस्थापक  सुधिर ढुङ्गेलले ‘ माटोको ममता,महेन्द्र प्रवचन माला जस्ता रु. ३ देखी  तस्विरमा नेपाल रू. २०७०/– सम्मका पुस्तकहरू प्रदर्शनीमा राखिएको बताउँदै यस प्रदर्शनी भन्दा अघिका प्रदर्शनीमा बढि साहित्यका र विभिन्न अनुसन्धानात्मक कृतिहरू विद्यार्थीहरू किन्न आउने गरेका, बाल साहित्यका समावेश धेरै पुस्तकहरू विक्री भएको ,दैनिक सय भन्दा बढि पाठकहरू पुस्तक प्रदर्शनी अबलोकन गर्न आउने र दैनिक २५,०००/– बढि पुस्तकहरू बिक्री  हुने गरेको समेत ढुङ्गेलले जानकारी गराउँदै यस प्रदर्शन पनि पाठकको उल्लेख्य सहभागिता बढिरहेको पनि प्रदर्शनी व्यवस्थापक  ढुङ्गेलले जानकारी दिए ।