हिमाल आरोही लालबहादुर जिरेललाई पार्टीको चुनाव चिन्ह अंकित झण्डा हस्तान्तरण

हिमाल आरोही लालबहादुर जिरेललाई पार्टीको चुनाव चिन्ह अंकित झण्डा हस्तान्तरण

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार १९, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हिमाल आरोही लालबहादुर जिरेललाई पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा हस्तान्तरण गर्नुभएको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गर्नुभएको हो । 

 सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरि सक्नुभएका हिमाल आरोही  जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको र उक्त हिमालमा नेकपा(एकीकृत समाजवादी) पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने इच्छा ब्यक्त गर्नु भएकोले उहाँलाई झण्डा हस्तान्तरण गरीएको हो । 
अध्यक्ष नेपालले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।