पाँचथर हत्याकाण्ड– 'सबैलाई मारेर मर्छु भन्थे’

पाँचथर हत्याकाण्ड– 'सबैलाई मारेर मर्छु भन्थे’

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७६

आरुबोटे । ९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ‘घटनाको करिब एक महिना अघिदेखि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन् । ससुराली गाउँ आरुबोटेमा मानबहादुर हत्या घटना हुनुभन्दा दुई घण्टाअघि पुगेको प्रहरीले अनुमान गरेको छ ।

हत्या घटना राति साढे १० देखि साढे १२ बीच भएको अनुसन्धानबाट देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको टोलीका प्रमुख एसपी उमा चतुर्वेदीले बताए । उनीसहितको तीन सदस्यीय टोली र स्थानीय प्रहरीसमेतको संलग्नतामा अनुसन्धान जारी छ । कान्तिपुर दैनिकले यो समाचार प्रकाशित गरेको छ ।