एमाले कर्णाली प्रमुख सचेतक शाहको परस्त्रीसँगको 'अस्वाभाविक' भिडियो सार्वजनिक (भिडियोसहित)

एमाले कर्णाली प्रमुख सचेतक शाहको परस्त्रीसँगको 'अस्वाभाविक' भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०७९

काठमाडौँ  ।नेकपा एमालेका पोलिटव्युरो सदस्य गुलावजंग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ ।

एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक र सल्यान प्रदेशसभा क बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक भिडियो सार्वजनिक भएको हो ।

टीका वलीकै आइडिबाट अपलोड भएको भिडियो कहिले टिकटकमा अपलोड गरेको हो भन्ने नदेखिए पनि एक घण्टा अगाडि  अपलोड गरिएको छ । 

 अहिले त्यो भिडियो भने टिकटकमा छैन् तर शाहसँगै खिचेका फोटोहरु जोडेर वनाएको भिडियो भने टिकटकमा अझै छ । 

माया जाल बुन्छु म भन्ने गितमा उनीहरुले टिकटक बनाएका छन् । भिडियोमा शाह निदाएको जस्तो गरेका छन् भने उनीसँगै एउटै वेडमा सुतेकी वलीले आफ्नै मोवाइलबाट भिडियो वनाएको देखिएको छ । गित अनुसारको अभिनय गर्दै वलीले शाहको गाला मुसार्दै गरेको देख्न सकिन्छ । 

शाह र वलीका विचमा प्रेम सम्बन्ध रहेको यसअघि पनि चर्चा चल्दै  आएको थियो ।

अखबारनेपालबाट साभार गरिएको  भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ