फालेलुङ पहिरोमा  बेपत्ता तीनै जना मृत अवस्थामा

फालेलुङ पहिरोमा  बेपत्ता तीनै जना मृत अवस्थामा

लोकसंवाद संवाददाता  |  समाज  |  असार १९, २०७९

पाँचथर ।पाँचथरको फालेलुङ गाउँपालिका–७, बिहिदिनमा शुक्रबार राती पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ ।

पहिरोले घर बगाउँदा बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर शनिबार नै मृत भेटिएका थिए ।  उनकी श्रीमती ३८ बर्षीया गोमा मगर र भतिजी १९ बर्षीया एशिला मगरलाई पनि मृत अवस्थामा भेटिएका हुन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले स्काभेटरको सहयोगमा उनीहरुको खोजीकार्य गरेका थिए ।