२२ जिल्ला पहिरोको उच्च जोखिममा: पाँचथर, खोटाङसहित ५३ जिल्ला भल बाढीको सम्भावना

२२ जिल्ला पहिरोको उच्च जोखिममा: पाँचथर, खोटाङसहित ५३ जिल्ला भल बाढीको सम्भावना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०७९

पाँचथर ।  पाँचथर सहित यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जिल्लालाई उच्च र जोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ ।  पाँचथर, खोटाङसहित ५३ जिल्ला पहिरोको जोखिममा छन् । तीमध्ये २२ जिल्ला पहिरोको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 
पहिरो भल वाढीको उच्च जोखिम रहेका जिल्लाहरुमा पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी हुन् । खोटाङसहित अरू ३१ जिल्ला पहिरोको जोखिम सूचीमा छन् ।

यसपालिको मनसुनमा औसतदेखि धेरै पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि अनुमान गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका बेला हुनसक्ने बाढी पहिरोसहित सबैखाले विपद्बाट अनुमानित १८ देखि २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने आँकलन पनि गरेको छ ।

सरकारको यो तथ्याङ्कलाई आधार मान्दा यस वर्षको मनसुनमा बाढी र पहिरोका कारण मात्रै पाँच लाख जनाभन्दा धेरैलाई उद्धार वा राहतको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार हिमाल र पहाडका धेरैजसो जिल्लामा पहिरो र तराईरमधेस क्षेत्रमा बाढीको जोखिम छ । महाशाखाले यस विषयमा सतर्क हुन भनिसकेको छ ।