कुमारी बैंक र बनेपा डेन्टल केयर बीच प्रदान गरिने सेवाहरुमा विशेष छुट दिने सम्झौता

कुमारी बैंक र बनेपा डेन्टल केयर बीच प्रदान गरिने सेवाहरुमा विशेष छुट दिने सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १९, २०७९

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोक स्थित बनेपा डेन्टल केयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई बनेपा डेन्टल केयरमा प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । 

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले सो डेन्टल केयबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत  छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ्ग ईकाई तथा  २४ एक्सटेन्सन काउण्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने पनि बैंकले प्रतिबद्धता जनाएको छ ।