रेडियो पर्यावरणका सञ्चालक डा. महर्जन माथि सिताराम तामाङद्वारा परिचालित गुण्डाको धम्की  !

रेडियो पर्यावरणका सञ्चालक डा. महर्जन माथि सिताराम तामाङद्वारा परिचालित गुण्डाको धम्की  !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७९

ललितपुर ।गृह मन्त्री र गृह सचिवको मान्छे भन्दै आएका  एक गुण्डा  समुहले रेडियो पर्यावरणमा पुगी डा. अष्टमान किसी महर्जन समेतलाई धम्की दिएका डा. महर्जनले जानकारी दिनु भएको छ ।

प्रेम सुनुवार सहितका गुण्डाले रेडियो नै बन्द गराइ दिन्छौं भन्दै प्रहरी समेतको आडमा बेला बेलामा धम्की दिदै आएकोमा ध्यानाकर्षण समेत डा. महर्जनले गराउनु भएको छ

 राजनीतिक ठगहरूलाई प्रहरी प्रशासन र अख्तियारले समेत पनि कारवाही नगर्दा दण्डहीनता मौलाएको बताउनु भएको छ । 

डा. अष्टमान किसी महर्जनका अनुसार  ललितपुरमा डा. बाबुराम भट्टराई र पम्फा भुसाल समेतको शेयर लगानीमा स्थापना गरी सञ्चालन गरिएको कृष्ण अफसेट प्रेस सञ्चालन गर्न अतिरिक्त धितोको रुपमा म र मेरो आमाको नाममा संयुक्त दर्ता भएको साविक बाँडेगाऊँ बडा नं. ९ को कि.नं. २० को क्षेत्रफल ५–८–३ जग्गा र सो जग्गामा बनेको एक तल्ले घर २०५१ सालमा नेपाल औधोगिक विकास निगममा अतिरिक्त धितोको रुपमा लिखत गरेर ऋण लिएको थियो ।

उक्त प्रेस सञ्चालन गर्न डा. बाबुराम भट्टराई र पम्फा भुसालले शेयरको रुपमा लगानी गरेको रकमबाट काठमाडौं १६ स्थित मैपिमा प्रेसको नाममा रहेको ७ आना जग्गामा २५२५ वर्ग स्क्वायर फिटको ३ तले घर बनेको र  साथै प्रेसका अध्यक्ष नेता सिताराम तामाङको नाममा रहेको ६ आना जग्गामा बनेको साढे दुई तले घर समेत धितोमा रहेको थियो ।

डा. अष्टमान किसी महर्जनको भनाइ अनुसार  प्रेस सञ्चालकहरु सिताराम तामाङ, शिवराज पोखरेल, डा. जगदीशचन्द्र भण्डारी, अष्ट बहादुर शाक्य, श्याम श्रेष्ठ समेतले समयमा निगमलाई रकम बुझाउन नसकेपछि प्रेसका अध्यक्ष नेता सिताराम तामाङले निगमका कर्मचारीसँग मिलोमतोमा करोडौं करोड पर्ने घर र जग्गा १७, १८ लाख मूल्याङ्कन गरी नपुग ५लाख १२ हजार ५ सयमा मेरो जग्गाबाट असुल उपर गर्ने गरी मूल्य निर्धारण गरी मलाई थाहा जानकारी नै नगरी मेरो घर र जग्गा निजको नजिकको नातेदार राजेन्द्र कुमार तामाङको नाममा दाखा गरी ज.ध.द.प्र.प्र. बनाई मलाई गुण्डा लगाई घरबाट निकाला गर्न अनेकौं योजना गर्दे आएका छन् ।

निजले मलाई बहाल भराई घरबाट निकाला गरी घर जग्गा खाली गरी चलन चलाई पाऊँ भनि जिल्ला अदालत पाटनमा दिएको मुद्दा निज तामाङले सबुद प्रमाण पेश गर्न नसकेको कारण २०६९ मंसिर २० गते डिसमिस फैसला गरेको डा. महर्जनले जनाकारी दिनु भएको छ । 

 त्यस्तै गरी निज तामाङले अदालतको अवहेलना गरियो भनि पुनरावेदन अदालत पाटनमा दिएको निवेदन उपर पनि २०६९असार ६ गते खारेजी फैसला गरेको छ । उक्त जग्गाको विषयमा जिल्ला प्रशासन कार्यालयबाट २०६५ भदौ २८ गते ललितपुरका सात राजनीतिक पार्टीका नेताहरुले यो विवाद नितान्त राजनीतिक विवाद भएको हुँदा राजनैतिक रुपमा छलफल गरी समस्या समाधान गर्न पर्ने देखिएकोले हक हस्तान्तरण गर्न आएमा छलफलको लागि जिल्ला प्रशासन कार्यालयमा पठाउनु भनि मालपोत कार्यालय ललितपुरलाई लेखेको पत्रलाई आधार बनाएर निज तामाङले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, तत्कालीन ठैव गाविसको कार्यालय र म समेतलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषण युक्त परमादेश जारी गरी पाऊँ भनि दिएको मुद्दा पनि सम्मानित सर्वोच्च अदालतमा विपक्षी तामाङले सबुद प्रमाण पेश गर्न नसक्नुका  साथै तारिख समेत गुजारेका छन भने कानूनी लडाई लड्न नसकेका कारण सिताराम तामाङ गुण्डागर्दीमा उत्रेको समेत सिताराम तामाङ डा.  महर्जन आरोप छ ।