एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन प्रतिनिधि सभामा एमाले अध्यक्ष ओलीको माग

एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन प्रतिनिधि सभामा एमाले अध्यक्ष ओलीको माग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७९

काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले अमेरिकी स्टेट पार्टनर सीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । 

विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै ‌ओलीले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । 

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । तर, आइतबार (१९ असार)सम्म एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।