सुनचाँदी ब्यवसायी संघ पाँचथरमा  राजेन्द्र लोहार

सुनचाँदी ब्यवसायी संघ पाँचथरमा  राजेन्द्र लोहार

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७९

पाँचथर । सुनचाँदी ब्यवसायी संघ पाँचथरको छैटौं अधिवेशनले राजेन्द्र लोहारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा पदम लुहागुन, द्वितीय उपाध्यक्षमा दीपक धमला, महासचिवमा विनोद रसाइली, सचिवमा मनिष (प्रकाश) खाती र कोषाध्यक्षमा मदन कालिकोटे निर्वाचित हुनुभएको संघका निवर्तमान महासचिव सन्तोष सिन्चेउरीले जानकारी दिनुभयो ।

यस्तै संघका कार्यसमिति सदस्यमा टीकाराम रसाइली, डिल्लीराम लामगादे, महेन्द्र घिमिरे, डिल्लीराम घतानी, दिनेश रहपाल, सन्तोष गहतराज, रमेश लोहार, महेश लामगादे, गौरव विश्वकर्मा, सुमन पोर्तेल र यामबहादुर शंकर निर्वाचित हुनुभएको छ ।

 सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएको निवर्तमान महासचिव सिन्चेउरीले जानकारी दिनुभयो ।

अधिवेशनको अवसर पारेर संघको अगुवाईमा फिदिम नगरपालिका–१ स्थित शिवालय मन्दिरमा निर्माण गरिएको विश्वकर्मा बाबाको मन्दिर समेत उद्घाटन गरिएको छ । 
यस्तै संघले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरु, संघमा आवद्ध स्थानीय तहका कार्यपालिकामा निर्वाचित सदस्यहरु लगायतलाई सम्मान समेत गरेको संघका निवर्तमान अध्यक्ष निरबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

मन्दिर उद्घाटन, सम्मान तथा संघको छैटौं अधिवेशन तथा साधारणसभा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।