शिवम् सिमेन्ट : जोखिम बीमा अन्तरगत मृत्यु बीमा बापतको रकम हस्तान्तरण

शिवम् सिमेन्ट : जोखिम बीमा अन्तरगत मृत्यु बीमा बापतको रकम हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २१, २०७९

देशका विभिन्न स्थानमा रहेका निर्माण कर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु विमा सहित दुर्घटना जोखिम विमा बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।  

यस अघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्म हरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लि. ले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढि निर्माण कर्मीहरुको  ५ लाख बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम संचालन गरेको थियो । सोही कार्यक्रममा सहभागी निर्माण कर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माण कर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधिहरुले हस्तान्तरण गरेका हो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माण कर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माण कर्मीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुका निर्माण कर्मीहरुको  ५ लाख बराबरको जोखिम बीमा गराएको छ । 

'भरोसा अटुट सम्बन्धको', 'गुणस्तरको पहिचान हो शिवम्', 'गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ' तथा 'गुणस्तरको मामलामा सम्झौता नगर्नुस, जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक  NS Quality award-2019  प्रथमबाट  सम्मानीत समेत  भएको थियो ।

ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।