'लोपोन्मुख संगीत संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम '

'लोपोन्मुख संगीत संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम '

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार २१, २०७९

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् ।

मंगलबार नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान मार्फत् विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरूको पहिचान र प्रशिक्षण, नाटय प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बाल नाटक महोत्सव कार्यक्रमहरुको आयोजना गर्दै जाने बताए । 

यसका लागि देशको सबै भूगोल, जाति, समुदायसम्म पुग्न प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले प्राज्ञ प्रतिष्ठानका प्राज्ञहरूलाई निर्देशन दिए । 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांस्कृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताए ।