केदेमको ‘सिटिजन यूके’ सार्वजनिक

केदेमको ‘सिटिजन यूके’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ ११, २०७६

ललितपुर । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बमसार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन यूके’लाई सार्वजनिक गरिएको थियो ।  

रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद लिम्बु, रेडियो बिएफएसका स्टेशन म्यानेजर बिनोदध्वज खड्कालगायतले संयुक्त रुपमा एल्बमको सार्वजनिकीकरण गरिएको हो ।  

गीतकार अग्निप्रसाद केदेमको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दिपक लिम्बुको स्वर र महेश खड्काको सङ्गीत भरेका छन । 

एल्बममा सिटिजन यूके, कोखबाट जन्म पाउँदा, बोली बचन सुनजस्तो, यात्रा लामो घुम्तीको, तिमीले नै जिन्दगीको जस्ता पाँच गीत समावेश गरिएको छ ।

किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको छ ।