अनेरास्ववियू : विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन माग

अनेरास्ववियू : विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन माग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७९

काठमाडौँ ।  अनेरास्ववियूले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बुधबार अनेरास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तले एक विज्ञप्ति प्रकाशन गर्दै अनेरास्ववियूले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय साधन प्रयोग गर्न प्रोत्साहन गर्न सरकारले विद्यार्थीलाई निःशुल्क रूपमा विद्युतीय चुल्हो वितरण गर्नुपर्ने माग गरेको हो ।

अनेरास्ववियूले पेट्रोलियम पदार्थमा कर छुट गरी नेपाल आयल निगमलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन निर्देशन गरी जनजीवन सहज बनाउन पनि सरकारसँग माग गरेको विज्ञप्तिमा भनिएको छ  

निरन्तर रूपमा हुने मूल्यवृद्धि र यसबाट सिर्जित महँगीको मारबाट जोगिन अब राज्यले वैकल्पिक बाटो अपनाउनु अत्यन्त जरुरी छ । विद्युतीय खपत र पेट्रोल जन्य पदार्थ महँगीको दीर्घकालीन समाधानका लागि विद्युतीय साधनहरूको प्रयोगमा जोड दिनु पर्ने अनेरास्ववियूको निष्कर्ष रहेको छ । त्यसकारण विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्यार्थीहरूलाई निःशुल्क विद्युतीय चुलो उपलब्ध गराई विद्युतीय शुल्कमा सहुलियत समेतको व्यवस्था गर्न अनेरास्ववियू सरकार समक्ष जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

साथै अनेरास्ववियूले नेपाल खुला विश्वविद्यालयमा अनियमितता र  राजनीतिक खिच्चातानी धेर भएकै कारण प्राज्ञिक परिषद लगायत विभिन्न ठाउँहरु खाली संगै कामबिहिन भएको छ,तत्काल परिपुर्ति गरीनुपर्ने विज्ञप्तिमा भनिएको छ ।