च्याङ्ग्रा प्रबर्द्धनका लागि १४ लाख ९४ हजारमा ५९ वटा च्याङ्ग्रा सङ्खुवासभामा

च्याङ्ग्रा प्रबर्द्धनका लागि १४ लाख ९४ हजारमा ५९ वटा च्याङ्ग्रा सङ्खुवासभामा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २४, २०७९

संखुवासभा  ।सभापोखरी गाँउ पालिकाले च्याङ्ग्रा प्रबर्धन कार्यक्रम अन्तर्गत ५९ वटा च्याङ्ग्रा ल्याईएको छ । मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउ पालिकाबाट उक्त च्याङ्ग्रा ल्याएको हो । 

च्याङ्ग्रा प्रबर्धन कार्यक्रमका सचिव यम बहादुर सुब्बाका अनुसार जिल्लाबाट नै च्याङ्ग्रा लोप हुने देखिएपछि च्याङ्ग्रा ल्याईएको हो । ५९ वटा च्याङ्ग्रा मध्ये  ५७ वटा च्याङ्ग्रा प्रजनन योग्य माउ २ वटा प्रजनन योग्य बिउ बोका रहेको पशु सेवा शाखा प्रमुख सुमन दाहालले बताए ।  

सभापोखरी गाउँपालिका पशु सेवा शाखा को आ।ब २०७८/०७९ को सशर्त अनुदान अन्तर्गत यो च्याङ्ग्रा ल्याईएको शाखा प्रमुख दाहालले जनाए ।  गाँउपालिकाको १४ लाख ९४ हजारको लागतमा उक्त च्याङ्ग्रा छ दिन लगाएर मुस्ताङबाट सभापोखरी ल्याई पुर्‍याइएको समितिका सचिव सुब्बाले अरुण सन्देशलाई जानकारी दिए ।  उन मिसन च्याङ्ग्रा प्रबर्धन कार्यक्रममा सभापोखरी गाउँ पालीका बाड नं ५ र ६ का सक्रिय युवाहरुको सहभागीतामा च्याङ्ग्रा पालन गरिने दाहालले जनाएका छन् ।  

सभापोखरी गाउँपालिका पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र खाँदबारीको सहयोगमा सभापोखरी गाउँपालिकाको कोक्तासिङ, फाकुवा देउराली, धापेल, बलौटे ओडारे, चित्रे, हङ्दो, सेलेले फेलेले, बिखबारि, तोरीबारी, सिद्दे ढुङ्गा, गिद्दे, साउनेचुलीका खर्कहरुमा च्याङ्ग्रापालन गरिने दाहालले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय प्राख्रेलले भने - 'हामी सङ्खुवासभा जिल्लामा पहिलोपटक च्याङ्ग्रा पालन व्यवसाय सुरू भएको छ । उपल्लो मुस्ताङका च्याङ्ग्रा सभापोखरी गाउँपालिकामा ल्याएर च्याङ्ग्रा प्रबर्धन कार्यक्रम संचालन भएको छ ।'

सभापोखरी क्षेत्रमा चौरी भेडा व्यवसायीक रुपमा हुने गरेको भएता पनि च्याङ्ग्रा पालन पहिलो पटक गर्न लागिएको हो । जिल्लामा च्याङ्ग्राको माग भएतापनि हालसम्म च्याङ्ग्रा उपलब्ध भएको  थिएन ।