चाइनिज सुपर लिग आइतवार देखि एक्सन स्पोर्टस् मा

चाइनिज सुपर लिग आइतवार देखि एक्सन स्पोर्टस् मा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २४, २०७९

चाइनिज सुपर लिग  आइतवार देखि नेपाली दर्शकहरुले एक्सन  स्पोर्टस् मा हेर्न पाउने छन् । 

नेपाली समय अनुसार आइतवार  ४:१५ बजे चाइनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५:१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबा र४:१५ मा साङ्घाई पोर्ट संग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ 

चार चरणमा विभाजन गरि खेलाईएकोे चाईनिज सुपर लिगमा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ ।  आईतबार देखी पहिलो चरणको १० औ राउण्डको खेलहरु एक्सन स्पोर्टस् ले प्रशारण गर्न लागेको हो।

चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकप, युरोपियन  लिग, लगायत अन्य  लिगहरु  रुचाउँदै  आएको नेपाली फुटबल प्रेमी  दर्शकहरुलाई,  चाइनिज  सुपर  लिग  नयाँ फुटबल  लिग थप  हुनुको  साथै   विश्वस्तरीय फुटबल खेलाडीहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका  सेड्रिक  बकाम्बु, स्विडेनका  लार्सन विभिन्न क्लबहरूबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुने छ ।