नारी ब्रह्माण्डभरीकै एउटै हुन्

विज्ञान कथा भाग- १2

नारी ब्रह्माण्डभरीकै एउटै हुन्

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  जेठ ११, २०७६

प्रारम्भमा चर्चा गरिएको ब्रह्माजीको पृथ्वी जस्तै जीवन सम्पन्न अर्को ग्रह बनाउने जिज्ञासा देवराजको पृथ्वी भ्रमण पश्चातको कुरा थियो । देवराजलाई यो ग्रह ‘डेभलप’ गर्ने अभिभारा सुम्पिनुका पछाडिको कारण पनि उहाँले पृथ्वीको रही लामो समय विताउनु भएको, ‘आक्सफोर्ड’मा अध्ययन गरेको, र पृथ्वीमा रहेका ‘फन्डामेन्टल’ कमी कमजोरी नयाँ ग्रहमा न दोहरियुन भन्ने रहेको थियो । 

पहिलो गोष्ठीले ‘फाइनल’ गरेको ‘भिरगो कन्सल्टीलेशन’ को ‘इन्द्रेणी’ भन्ने ग्रहलाई उत्तम र उपयुक्त ढंगले जीवन सम्पन्न बनाउने अभिभारा देवराजको जिम्मा लगाएर ब्रह्माजी आफ्नो लोक प्रस्थान गर्नु भयो । 

देवराजलाई पहिलो पटक यस्तो कार्यभार आइ लागेको थियो । कहाँबाट प्रारम्भ गर्ने भन्ने दुविधा हुनु स्वभाविक नै थियो । योजना अत्यन्त महत्वकांक्षी भएकाले एकतिर उहाँ अति उत्साहित हुनुहुन्थ्यो भने अर्कोतिर कस्तो टीम बनाउने, टीममा क–कसलाई राख्ने भन्ने उहापोहमा हुनुहुन्थ्यो । देबलाई यस्तो अवस्थामा देखेपछि शचीले सोधिन्, ‘होइन आज तपाई बडो दुविधामा देखिनु हुन्छ, के भएको हो ?’ देवराजले सारा बृत्तांत भन्नुभयो, ‘सोच्न सकी रहेको छैन टीममा क–कसलाई सम्मिलित गरौं ।’

नारी ब्रह्माण्ड भरी कै एउटै हुन । आफ्नो काम फतेह गर्न पुरुषले साम, दाम, दण्ड, भेद प्रयोग गर्छ । नारी आफैमा यी सबै कलले सम्पन्न हुन्छन । भोलि तपाई ऋषिवर समक्ष उपस्थित हुँदा मेनका र शकुन्तलालाई लिएर जानुस । यिनीहरुको उपस्थितमा ऋषिवरले तपाईको अनुरोध अस्वीकार गर्दैनन्, शचीले भनिन् ।

मलाई चाहि यो टीममा नराख्नुस् । म असुर कन्या एवम् क्रोध र ईस्र्याको अधिष्ठात्रीका रुपमा चिनिन्छु । यो नयाँ बन्ने ग्रहमा क्रोध र ईष्र्याको कुनै स्थान रहनु हुन्न । क्रोध र ईष्र्याले पृथ्वीलाई बारम्बार तहस नहस बनायो । प्रत्येक तीन चार हजार बर्षमा यसैले पृथ्वीको नाश भइरहेको छ । 

ठीक भन्यौ तिमीले, नयाँ बन्ने थलोमा सकेसम्म विकृत र विकार समाहित गर्नु हुन्न । तिमीले केही नाम प्रस्तावित गर्न सक्छौ टीमका लागि ? 

ऋषिवर विश्वमित्रको सहयोग माँगे कस्तो होला ? 

‘गुड आइडिया’ उहाँले एक पटक यस्तो दुस्साहस गरि पनि सक्नु भएको छ । बरु म भोलि बिहानै उहाँ समक्ष उपस्थित भएर परामर्श लिन्छु । उहाँले सदाशयता देखाएमा मेरो कार्य सुगम हुन्थ्यो ! देवराजले आशा एवम् शंका दुबै व्यक्त गर्नु भयो । 

ऋषिवरबाट अपेक्षित सहयोग लिन कुनै गाह्रो छैन । पुरुष युक्तिले हुन्न, नारी युक्ति लाउनु पर्छ, शचीले भनिन् । 

होइन के हो यो नारी युक्ति ? के मेरो पछाडि तिमी पृथ्वी भ्रमण गर्न गएकी थियौं ? त्यहाँ य

मो सुनेको थिए, नारी मुक्ति, नारी स्वतन्त्रता ! 

नारी ब्रह्माण्ड भरी कै एउटै हुन । आफ्नो काम फतेह गर्न पुरुषले साम, दाम, दण्ड, भेद प्रयोग गर्छ । नारी आफैमा यी सबै कलले सम्पन्न हुन्छन । भोलि तपाई ऋषिवर समक्ष उपस्थित हुँदा मेनका र शकुन्तलालाई लिएर जानुस । यिनीहरुको उपस्थितमा ऋषिवरले तपाईको अनुरोध अस्वीकार गर्दैनन्, शचीले भनिन् । 

गजब, गजबको ‘आइडिया’ रहेछ तिमीसँग ! तिम्रो यस वाकपटुताले त मलाई पृथ्वीको तीे युवकको सम्झना गरायो । साच्चै के गर्दै होला अहिले त्यो युवक ? भनी देवराज मुसुमुसु हाँस्न थाल्नु भयो । 
किन हास्नु भएको ? शचीले सोधिन् ।

पृथ्वीको मेरो मित्र, ‘मेरो सृजनासँग’ मदिरापान गर्दैछ, त्यै हेरेर खुशी भएको, तिमी हेर्न चाहन्छौ ? 

हेरौ न त तपाईको पृथ्वीबासी मित्र । 

अलिक पर्ख, पहिला म पृथ्वीबाट आएको एक महिलालाई भेट्न चाहन्छु भनी देवराजले आफू सामु रहेको भित्तामा दृष्टि अडाउनु भयो । त्यहाँ एउटा स्क्रीन देखा पर्यो, उहाँको आँखाको हेराइले ‘स्क्रीन’मा दृश्य आउने जाने क्रम प्रारम्भ भयो । केही बेरमै उहाँले निलोत्तमालाई फेला पार्नु भयो । उनी शिवभक्त बस्ने सेक्टरको ब्लक चैतन्यको सुइट नम्बर एक सय आठमा थिइन । देवराजले भित्ताबाट दृष्टि हटाएर (दृष्टि हटाउन साथ ‘स्क्रीन’ ओझल भयो) ‘टेलोपैथी’बाट निलोत्तमासँग सम्पर्क गरी आफू सपत्नीक उनको स्वागत गर्न आफ्नो कक्षमा पर्खी रहेको अवगत गराउनु भयो । केही क्षणमै निलोत्तमाले कक्षमा प्रवेश गरिन् । देवराज र शची दुबैले उनको स्वागत गर्नु भयो । 

ओह देवराज ‘यू कम ब्याक, हाउ इज माइ जर्नलिस्ट फ्रेण्ड ? 

‘ही इज क्वाइट वेल एण्ड एन्ज्वाइग हिज लाइफ’, के तिमी उसलाई हेर्न चाहन्छौ ? देवराजले सोध्नुभयो । 

‘इट्स इन्ट्रेस्टिंग ह्वाट ही इज डुइंग आफ्टर मी ?’ 

देवराले (हाँस्दै) ‘नाट अफ्टर यू, विद यू ही इज एन्ज्वाइग’ भन्दै देवराजले पुनः भित्तामा दृष्टि अडाउनु भयो । स्क्रीनमा पृथ्वीका विभिन्न भाग देखिदै नेपालको राजधानी काठमाडौंको दृश्यावली देखिन थाले । क्रमशः स्क्रीनमा ठमेलको त्यै ‘गेष्टहाउस’को कोठाको दृश्य देखियो । 

तिम्रो सदा स्वागत छ देवी, स्वर्गको भूमिको अहोभाग्य जे तिमी जस्तो पबित्र र सर्वमुक्तले यसलाई आफ्नो उपस्थितीले दिव्य बनाउँछन । अन्य केही इच्छा छ भने व्यक्त गर । देवराज म वीणा बजाउन सिक्न चाहन्छु, मैले सुनेकी छु बिणा वादनमा हजूरको विशेष अनुराग छ ।

निलोत्तमाले खुशीले उफ्रदै म अहिले पनि पृथ्वीमा छु । ग्रेगोर पनि काठमाडौंमा । कसैलाई म पृथ्वीमा आफ्नो समय पुरा गरी फर्केको थाहा पनि भएन । गजबको लीला ! देवराज हजुरको !! 

लीला त तिम्रो मित्रको हो । ऊ बाहेक कसैलाई थाहा छैन पृथ्वीमा तिमी होइन तिम्रो ‘क्लोन’ छ भनेर । तिम्रो मित्रले त तिम्रो मृत्यु पश्चात पशुपतिमा आफ्नो परम्परा अनुसार तिम्रो अन्तिम कार्य पनि सम्पनन गरेको  छ । तिम्रो घर, परिवार, पति कसैलाई पनि तिमी ‘प्लेन क्रैश’मा परेको थाहा नै हुन दिएन । तिम्रा पति तिमीलाई लिन काठमाडौं आइपुगेका छन् । भोलि विहान दस बजे तिम्रो ‘क्लोन’लाई लिएर ‘जर्मन’ प्रस्थान गर्दैछन् । 

साच्चै त्यो ब्राह्मणलाई सबै थाहा छ र उसले ग्रेगोरलाई केही थाहा हुन दिएन ! निलोत्तमाले आश्चर्य मान्दै भनिन् । 

‘हो’, उसलाई सबै थाहा छ । ‘प्लेन क्रैश’ हुँदासम्म म पृथ्वीमा थिए । दस मिनेट पहिला नै ‘क्रैश’बारे मैले उसलाई अवगत गराएको थिएँ । बाँकी सारा ‘प्लान’ उसले नै ‘म्यानेज’गर्‍यो । 

‘ही इज वाइज म्यान,’ अपशोच अब ऊसँग मेरोभ भेट हुँदैन, निलोत्तमाले भनिन् । 

देवराजले प्रसङ्ग बदलिदै भन्नुभयो, ‘यो तिम्रो अन्तिम जन्म थियो, अब तिम्रो स्वेच्छा, तिमी महापरिनिर्वाण रोज्छौं कि लीला ।’

देवराज मैले अहिलेसम्म त केही विचार गरेकी छैन, कति समयभित्र मैले टुंगोमा पुग्नु पर्ने हुन्छ ? 

टुंगोमा पुग्न यथेष्ट समय छ, अहिलेसम्म बुद्धले त कुनै निर्णय लिएका छैनन्, ध्यानावस्थामै छन् । 

‘थै‌ंक्स देवराज म केही समय हजूरकै राज्यमा विताउन चाहन्छु’ निलोत्तमाले भनिन् । 

तिम्रो सदा स्वागत छ देवी, स्वर्गको भूमिको अहोभाग्य जे तिमी जस्तो पबित्र र सर्वमुक्तले यसलाई आफ्नो उपस्थितीले दिव्य बनाउँछन । अन्य केही इच्छा छ भने व्यक्त गर । 

देवराज म वीणा बजाउन सिक्न चाहन्छु, मैले सुनेकी छु बिणा वादनमा हजूरको विशेष अनुराग छ । 

अति सुन्दर, संगीत जस्तो सुन्दर अरु केही छैन । म आफ्नो श्रेष्ठ गन्धर्वलाई तिम्रो वीणा प्रशिक्षक नियुक्त गर्छु, उनले केही समयमै तिमीलाई यस कलामा पारंगत गर्ने छन् ।
निलोत्तमा देवराजलाई प्रमाण गरी आफ्नो कक्ष खाना भइन । 

इति श्री अकर्मण्डये प्रमाण विज्ञानोपनिषद शीत ऋतुस्य काव्यगोष्ठी नाम द्धादशो अध्याय समाप्त ।

ओम शानित, शान्ति, शान्ति ।  

याे पनि 

दरबार हत्या काण्डको रात

स्वर्गदेखि ठमेलको कफिसपसम्म

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

‘ओह यो हो कीमिया’

महिला मित्र उनको क्लोन देवराज र म

प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !

हिन्दु दर्शनमा जन्मले कोही ब्राहृमण हुँदैन्ः बुद्ध कर्मले ब्राहृमण बनेका हुन्

समय के हो, के घडीले देखाउने समय गति सापेक्ष हो

यहाँ मृत्यु पनि कति जीवन्त !

पूनर्जन्म हुन्छ वा हुन्न, दुबै अवधारणाले जीवनमा स्वतन्त्रता दिन्छ

स्वर्गमा कवि सम्मेलन !