साम्राज्यवाद विरोधी अभियन्ता अर्जेन्टिनी विद्यार्थी नेतृ र अनेरास्ववियू अन्तरक्रिया

साम्राज्यवाद विरोधी अभियन्ता अर्जेन्टिनी विद्यार्थी नेतृ र अनेरास्ववियू अन्तरक्रिया

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २६, २०७९

काठमाडौँ ।अनेरास्ववियूले अर्जेन्टिनाको पार्तिया ग्रान्डे पार्टीकी कार्यकर्ता एवं  एक विश्वविद्यालयकी विद्यार्थी युनियनकी पूर्व सभापति  जिसेला कार्नाडाससंग अन्तरक्रिया  गरेको छ ।

शनिवार काठमाडौमा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू० ले  ल्याटिन अमेरिकाको वामपन्थी राजनीतिमा विद्यार्थी आन्दोलनको भुमिका, अर्जेन्टीनाको शिक्षा प्रणाली र ल्याटिन अमेरिकामा अहिले देखिएको कम्युनिस्टहरूको विजयको विषयमा छलफल गरेको हो । 

कार्यक्रममा बोल्दै अर्जेन्टिनी विद्यार्थी नेतृ जिसेलाले भन्नुभयो वोलिभिया, निकारागवा, चिली, कोलम्विया लगायत देशहरूमा वाम पन्थीहरूको विजयले समाजवादी आन्दोलन वलियो बन्दै गएको र यो समाजवादी उभारवाट साम्राज्यवादीहरू अत्तालिएका छन ।

आसन्न व्राजिलमा हुन गइरहेको निर्वाचनमा समेत वामपन्थी नेता लुलाको विजय सुनिश्चित देखिन्छ । हाल ल्याटिन अमेरिकामा समाजवादी आन्दोलन पचास साठी वर्ष यताकै वलियो वनेको छ। चेग्वेभारा, फिडेल, चाभेजहरूले देखाएको बाटोमा हामी पुगेका छौ ।

विश्वभरी नै समाजवादी आन्दोलनलाई वलियो जनाउदै समाजमा समानता र  न्याय स्थापित गरी श्रमिक वर्गले आफ्नो अधिकार प्राप्त गर्नुपर्दछ र यो संघर्षलाई विश्वव्यापी वनाउनु पर्दछ । यसको लागि विद्यार्थीहरू नै जाग्नु पर्ने कुरा जेसिलाले वताउनु भयो । कार्यक्रममा अनेरास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तले नेपालको विद्यार्थी आन्दोलन, यसले प्राप्त गरेका उपलब्धि, आजका चुनौती, विद्यार्थी आन्दोलनको अवको वाटो र अन्तर्राष्ट्रीय विद्यार्थी नेटवर्क निर्माणको विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष माधव पन्त, महासचिव आरती लामा, उप महासचिवहरू महेश श्रेष्ठ, कल्यान दाहाल, दिनेश लो, मेघनाथ चापागाई, सचिवहरू टेकेन्द्र मल्ल, प्रदिप थापा र स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो । अनेरास्ववियूका नेताहरूले जिसेलालाई माउन्ट एभरेष्ट र गौतम वुद्वको पवित्र भूमि नेपालमा स्वागत गर्दै अनेरास्ववियू र अर्जेन्टिनाको विद्यार्थी संगठनको वीचमा मैत्रीपूर्ण सम्वन्धलाई अझै प्रगाढ वनाउनु पर्ने बताएका थिए  । 

कार्यक्रममा ऐतिहासिक विरासत बोकेको विश्वको विद्यार्थी आन्दोलनलाई एकाकार बनाएर अगाडी बढाउने विषयमा समेत छलफल भएको छ । 

अन्तराष्ट्रिय विद्यार्थी आन्दोलनमा अनेरास्ववियूको छवि राम्रो रहेकोले धेरै जसो देशका वामपन्थी विद्यार्थी संगठन सित हाम्रो गहिरो सम्वन्ध रहेको संसारभरि सबैको पहुँचमा शिक्षा पुर्याउन र विद्यार्थीको हक, अधिकार प्राप्तिको लागि अन्तर्राष्ट्रिय विद्यार्थी आन्दोलन एकाकार हुनु अतिआवश्यक छ यसको लागि हिजो अनेरास्ववियूको अन्तर्राष्ट्रिय छवि जोगाउँदै सम्वन्ध थप परिस्कृत बनाउनु पर्ने कार्यवाहक अध्यक्ष पन्तले बताउनु भयो ।  जिसेला समाजवादी आन्दोलनको पक्षमा र साम्राज्यवाद विरोधी संघर्षको अन्तराष्ट्रिय अभियन्ता समेत हुनुहुन्छ । उहाँ चिनको कार्यक्रममा सहभागि भएर नेपाल आउनु भएको हो ।