सिटिजन्स बैंकका संस्थापक यमबहादुर खत्री : २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै

सिटिजन्स बैंकका संस्थापक यमबहादुर खत्री : २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २६, २०७९

काठमाडौँ । सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् ।

यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूनतम १४३ रूपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।