स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ: पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट

स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ: पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७९

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले आज नेकपा(एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोक नगरमा पुगेर कार्यकर्तासँग भेटघाट गर्नुभएको छ ।

पार्टीले हालै सार्वजनिक गरेको कार्ययोजना अनुसार आजै बाट पार्टीबाट मन्त्री भएका नेताहरुले पालैपालो गरेर कार्यालयमा निर्णय अनुसार दिउसो  २ देखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नेता तथा कार्यकर्ताहरुलाई समय दिनुभएको थियो । भेटघाटमा २ दर्जन वढी नेता कार्यकर्ताले भेटघाट गरी आफ्ना कुरा राख्नुभएको थियो । 
नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएका नेताहरुले साताको एक दिन पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमा सहभागि हुनुपर्ने कार्ययोजना बनेपछि पहिलो पटक स्वास्थ्य मन्त्री खापुङले कार्यकर्ताहरूसँग भेटघाट गर्नुभएको हो । 

मन्त्रीहरुलाई साताको १ दिन पार्टी कार्यालयमा गएर जनसरोकारका विषयमा सरोकारवालाहरुसँग छलफल अन्तरक्रिया र गुनासो सुन्नुपर्ने गरी कार्ययोजना तयार भएको छ । 
 एकीकृत समाजवादीले आफ्ना मन्त्री भएका नेताहरुलाई साताको एक दिन पार्टी कार्यालय पुगेर नेता कार्यकर्तासँग भेटघाट गर्न समय र दिन नै तोकेको छ । जस अनुसार मन्त्रीहरुले पालो गरेर शनिबार बाहेक प्रत्येक दिनको २ देखि ३ वजे सम्म पार्टी कार्यालयमै कार्यकर्ताहरूसँग भेटघाट गर्नुपर्ने कार्ययोजना सार्वजनिक गरीएको छ । जस अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ । त्यसैगरी स्वास्थ्य तथा

जनसंख्यामन्त्री भवानी खापुङलाई सोमबार दिउँसो २–३ बजेसम्म र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई मंगलबार दिउँसो २–३ बजेसम्म र सहरी विकासमन्त्री मेटमणि चौधरीलाई  बुधबार पार्टी कार्यालयमा पुग्न समय निर्धारण गरेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई बिहीबारको समय तोकिएको छ ।  पार्टीका उपमहासचिव डा गंगालाल तुलाधरले बताउनु भयो । उहाँका अनुसार पार्टी कार्यकर्ता र मन्त्रीसँगको जनसम्पर्क अभिवृद्धि गर्ने उदेश्यले त्यस्तो कार्ययोजना बनाएको हो ।