राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षमा खोटाङका बम बानियाँ

राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षमा खोटाङका बम बानियाँ

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७९

ललितपुर । नेपाल सरकारले राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षमा खोटाङका बम बानियाँलाई मनोनयन गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को २१ असार २०७९ को निर्णयले उपाध्यक्षमा चार वर्षको लागि बानियाँलाई मनोनयन गरेको हो ।

त्यसैगरी परिषदको सदस्य सचिवमा इन्दिरा देवी ढकाल र परिषद सदस्यहरुमा सुष्मा पोखरेल र विनिता खड्कालाई सदस्यमा मनोनयन गरिएकाे  छ । 

२३ असार २०७९ मा नै मनोनयनको पत्र दिएको भए पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्की अध्यक्ष उमा रेग्मीले सोमबार परिषदको पुल्चोक स्थित परिषद्को कार्यालयमा नवनियुक्त उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरुको पदबहाली गराउनु भएको थियो ।

बालबालिका सम्बन्धी नियमावली, २०७८ को नियम ७५ को उपनियम (१) को खण्ड (४) बमोजिम असार २१ नेपाल सरकार (मन्त्रिपरिषद्)ले उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरुको मनोनयन गर्ने निर्णय गरेको  थियो ।