पाकिस्तानका क्रिकेटरले विश्वकपमा पत्नीलाई सँगै राख्न नपाउने

पाकिस्तानका क्रिकेटरले विश्वकपमा पत्नीलाई सँगै राख्न नपाउने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ ११, २०७६

काठमाडौं । मे ३० बाट सुरु हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानी क्रिकेट खेलाडीले पत्नी र परिवारलाई सँगै राख्न नपाउने भएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पिबिसी)ले खेलाडीको ध्यान खेलमा केन्द्रित गर्न यस्तो निर्णय गरेको बताएको छ। पिबिसीका अनुसार खेलाडीले परिवारका सदस्यलाई विश्वकप हेर्न लैजान चाहेमा उनीहरू आफ्नै व्यवस्था गर्नुपर्नेछ । अर्थात्, उनीहरूलाई खेलाडीसँगै होटलमा रहन अनुमति दिइने छैन ।

भर्खरै इङ्ल्याण्डसँगको एक दिवसिय सिरिजमा नराम्रोसँग पराजित भएपछि बोर्डले यस्तो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  परिवारसँग रहँदा खेलमा फोकस हुन नसक्ने भन्दै यस्तो निर्णय गरेको बताइएको छ।

पाकिस्तानले पहिलो खेल ३१ मे मा नाटिंघाममा वेस्टइण्डिजविरुद्ध खेल्ने छ।