'फर्मुला वान इन स्कूल्स' पहिलो चरणको तालिममा दुई सय जनाको सहभागिता

'फर्मुला वान इन स्कूल्स' पहिलो चरणको तालिममा दुई सय जनाको सहभागिता

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २८, २०७९

काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कूल्स कार्यक्रमको पहिलो चरणका तालिमहरु  आज ब्लु बर्ड सेकेन्डेरी स्कुलमा भएसगैँ सम्पन्न भएको छ ।

यो सगैँ थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ्ग कलेज, जेभिएर  एकाडेमी र न्याथममा तालिम तथा अभिमुखीकरण कार्यक्रममा दुई सय जना महिला विद्यार्थीको सहभागिता भएको छ । 

कार्यक्रममा अन्तर्राष्ट्रिय महिला मोटरसाइकल एसोसिएसन (विमा) नेपालकी संयोजक सुनिता देशले आफ्नो मोटरसाइकल र कार्ट्स रेसिंगको अनुभव बढ्नुका साथै यस कार्यक्रमले महिला शशक्तिकरणको निम्ती महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

फर्मुला वान इन स्कूल्स नेपालका नेश्नल कोर्डिनेटर ई. सुयोग खनालले फर्मुला वान, कार्ट्स रेसिंगको विषयमा अभिमुखीकरण तथा तालिम दिनु भएको कार्यक्रममा विमा नेपालकी सदस्य सोना अमात्य, मच्चन तिवारी, कृष्ण आचार्य, नासा नेपालका ब्रान्डिङ्ग अफिसर सौगात राजभण्डारी लगायतको उपस्थिति  थियो । 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले असार १२ गते यस कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।