जनता समाजवादी पार्टी यादव पक्षधरको बैठक सुरु

जनता समाजवादी पार्टी यादव पक्षधरको बैठक सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७९

पर्सा । उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको छ ।

काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहदाँ यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो ।

जारी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्ने, भट्टराई पक्षधरले काठमाडौंमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउने लगायत बिषयमा एक दर्जन नेताले मन्तब्य राख्ने कार्यतालिका भएको मनिष सुमनले जानकारी दिए ।