उपाध्यक्ष विडारीद्वारा संगठनको श्रमजीवी कल्याणकारी कोषमा रकम हस्तान्तरण

उपाध्यक्ष विडारीद्वारा संगठनको श्रमजीवी कल्याणकारी कोषमा रकम हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७९

काठमाडौँ । समाजवादी प्रेस संगठनका उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी) प्रचार विभाग सदस्य  तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य  शन्तराम विडारीले आफ्नो जन्म दिनको उपलक्ष्यमा संगठनको पत्रकार श्रमजीवी कल्याणकारी कोषमा १० हजारको रकम हस्तान्तरण गर्नुभएको छ । 

उपाध्यक्ष शन्तराम विडारीको आफ्नो ४३ औं जन्म दिनको अवसरमा नेकपा (एकीकृत समाजवादी) को प्रचार विभागले आयोजना गरेको जन्मदिनको शुभकामना आदान प्रदान कार्यक्रममा विडारीले समाजवादी प्रेस संगठनको कल्याणकारी कोषमा जम्मा हुने गरी १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रेस संगठनका महासचिव भूपराज खड्कालाई विडारीले चेक हस्तान्तरण गर्नुभएको हो । प्रेस संगठनको विधानले व्यवस्था गरे बमोजिम कल्याणकारी कोषमा उहाँले रकम हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा नेकपा(एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उपमहासचिव डा.गंगालाल तुलाधर, केन्द्रीय सदस्य दामोदर अर्याल, समाजवादी प्रेस संगठनका महासचिव तथा प्रचार विभागका सदस्य भूपराज खड्का प्रचार विभागका सदस्यहरु लेखनाथ सिकारु, जिके पोखरेल,भवानी कार्की ,कृतु भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साह लगायतको उपस्थिति रहेको थियो ।