रानी वनको स्थलगत अवलोकन अनुगमन सहरी मन्त्री चौधरी

रानी वनको स्थलगत अवलोकन अनुगमन सहरी मन्त्री चौधरी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७९

 काठमाडौं । सहरी विकास मन्त्री मेटमिण चौधरीले काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा संचालित इचङ्गुनारायण जग्गा एकीकरण आयोजना रानी वनको स्थलगत अवलोकन गर्नु भएको छ ।

अवलोकनका क्रममा उपभोक्त समितिका पदाधिकारीहरुले मन्त्रीको स्वागत गर्नुका साथै प्रवेश मार्ग, ढल लगायतका  समस्या राखेका थिए  ।
'समस्या समाधान गर्न म तत्काल पहल गर्नेछु । तपाईहरु धमाधम काममा लाग्नुहोला ।' मन्त्री चौधरीले भन्नुभयो  ।

सचिवालयको टिम सहित अनुगमनमा पुग्नुभएका मन्त्री चौधरी सँगै  मन्त्रालयका सचिव रमेश सिँह, विकास आयुक्त जानुका ढकाल, नायव विकास आयुक्त नारायण भण्डारी, उप महानिर्देशक दिलिप भण्डारी , आयोजना प्रमुख सुरेश रेग्मी लगायतको उपस्थिति थियो ।