एकीकृत समाजवादीको पार्टी स्कुल विभाग: युवा विद्यार्थीको पहिलो चरणको नियमित कक्षा सुरु

एकीकृत समाजवादीको पार्टी स्कुल विभाग: युवा विद्यार्थीको पहिलो चरणको नियमित कक्षा सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७९

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) को पार्टी स्कुल विभागले पहिलो चरणको नियमित कक्षा सुरु गरेको बताइएको छ । 

नेकपा (एकीकृत समाजवादी) को पार्टी स्कुल विभागका सचिव तथा केन्द्रिय कमिटी सदस्य अशेष घिमिरेले दिएको जानकारी आजबाट पार्टी स्कुल विभागको पहिलो चरणको नियमित कक्षा युवा तथा विद्यार्थीहरूलाई सहभागी गराएर शुरू भएको हो ।

सचिव घिमिरेका अनुसार यो कक्षा एक हप्ता सञ्चालन हुनेछ । आज पहिलो दिन पार्टीका सम्मानित  कमरेड झलनाथ खनालले युवा विद्यार्थीहरूले समाजवादी क्रान्तिको यो चरणमा कुन कुरामा ध्यान दिने भन्ने विषयमा प्रशिक्षण दिनुभयो । पार्टी स्कुल विभाग प्रमुख तथा पार्टीका उपाध्यक्ष  प्रमेश हमालले पार्टी स्कुलको महत्वबारे जनाकारी गराउनु भएको  थियो । 

ज्ञान निर्माणको अभियानले कसरी संकटको सामना र समाधान गर्न सक्छ, युवा विद्यार्थीले यो विषयलाई कसरी लिनुपर्दछ भन्ने विषयमा पार्टीका केन्द्रीय सदस्य तथा पार्टी स्कुलका सचिव  अशेष घिमिरेले प्रशिक्षण दिनु भएकाे  आजको कक्षामा युवा संघ र अनेरास्ववियु सम्बद्ध ६० जना नेता कार्यकर्ताहरूको  सहभागिता थियो ।

पार्टी स्कुलले सबै जनसंगठन र उपत्यकामा क्रियाशील कमिटीका लागि अब क्रमशः विभिन्न विषयमा प्रशिक्षण चलाउने छ । यही श्रावण ४ र ५ गते काठमाण्डौमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम समेत जानकारी दिईएकाे छ ।