शहरी विकास मन्त्री मेटमणि चौधरी: रोकारवालासँग निरन्तर संवाद चलाउने

शहरी विकास मन्त्री मेटमणि चौधरी: रोकारवालासँग निरन्तर संवाद चलाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७९

काठमाडौँ ।  शहरी विकास मन्त्री मेटमणि चौधरीले व्यवस्थित शहरीकरणबारे निरन्तर संवाद चलाउने हुनुभएको छ ।  सुन्दर, सफा, हराभरा शहर र स्वस्थ मानव जीवनका लागि व्यवस्थित शहरीकरणबारे निरन्तर संवाद चलाउनु भर्ने आवश्यकता भएको उहाँले बताउनु भयो ।   सोही कारण आफूले सरोकारवालासँग संवाद शुरु गर्न लागेको चौधरीको भनाइ छ।

सोही क्रममा शहरी विकास मन्त्रालयले शुक्रबार बिहान ११ बजे साँखु स्थित भगवती उच्च माविका विद्यार्थीसँग मन्त्री चौधरीको संवाद आयोजना गरेको छ। भुइँ तहका जनता, विद्यार्थीदेखि समाजको विभिन्न तह र तप्काका मानिससँग निरन्तर छलफल गर्ने, राय लिने आफ्नो योजना रहेको मन्त्री चौधरीले जनाउनु भएको छ । 

प्राप्त सुझावका आधारमा कार्यशैली र कार्य योजनामा सुधार गर्दै अल्पकालीन तथा दीर्घकालीन योजना बनाउँदै सुन्दर शहर निर्माणको लक्ष्य हासिल गर्न सकिने सोच रहेको मन्त्री चौधरीको भनाई छ ।