एमाले नेता पर्शुराम कार्कीले 'अपमान' गरको भन्दै  सल्लाहकार परिषद् सदस्य पद अस्विकार

एमाले नेता पर्शुराम कार्कीले 'अपमान' गरको भन्दै  सल्लाहकार परिषद् सदस्य पद अस्विकार

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७९

काठमाडौँ । नेकपा एमाले नेता तथा खोटाङको पूर्व जिविस सभापति  पर्शुराम कार्कीले सल्लाहकार परिषद्  सदस्य पद अस्विकार गरेका छन् ।

२०७८ असार ३० गते बिहिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त पद स्विकार गरेको जानकारी दिएका हुन । 

स्टाटसमा नेकपा एमालेले मलाई गर्न खोजेको के हो ? सम्मान की अपमान ? भन्दै सहयोगीको सहायतामा लेखिएको उल्लेख गर्दै भनिएको छ - सबैमा नमस्कार ! म नेकपा एमालेलाई खोटाङमा स्थापित गर्ने, सबल र संगठित गर्ने थोरै मध्ये एक अग्रणी प्रमुख नेता र खोटाङको पूर्व जिविस सभापति पनि हूँ।  विगत केहि वर्षदेखि म पार्टीकै काममा व्यस्त रहँदा दिक्तेलमा  पक्षघात (प्यारालाइसिस) भएर   स्वास्थ लाभ लिइ रहेको छु,  बोल्न र निस्फिक्री  हिँड्डुल गर्न अझै असमर्थ छु। म अस्वस्थ हुँदा बिर्सिने एमाले पार्टी कहाँ छ अहिले ? आफ्नो सम्पूर्ण सक्रिय जीवन सुम्पिएको पार्टी कहाँ छ ? सक्रिय राजनीतिमा रहFदा सम्मान गर्न नसक्ने अहिले अस्वस्थ अबस्था मा रहँदा एमाले केन्द्रीय सल्लाहकार परिषदको सदस्य मेरो सहमति बिना कुन हिसाबले बनाएको होला, सम्मान गर्न की अपमान गर्न ?  के स्वार्थ लुकेको छ ?  सो सदस्य बनाउने कमरेडलाई प्रश्न छ । मलाई सम्झना गरेर सदस्यमा राखि दिनुभएकोमा धन्यवाद दिन चाहान्छु तर म वर्तमान सन्दर्भमा र आफ्नो प्रतिकुल स्वास्थ्यका कारण सो पद अस्विकार गरेको सहस्र जानकारी गराउन चाहान्छु। धन्यवाद !!
काठमाडौं, २०७९/०३/३०  (सहयोगीको साहायतामा)