आज प्रचण्ड तीन दिने भारत भ्रमणमा जाँदै: प्रधानमन्त्री मोदीसँग भेट अनिश्चित

आज प्रचण्ड तीन दिने भारत भ्रमणमा जाँदै: प्रधानमन्त्री मोदीसँग भेट अनिश्चित

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज तीन दिने भारत भ्रमका लागि जाँदै छन् ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको उल्लेख गरे। 

भाजपा अध्यक्ष जे पी नड्डाले  माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने कार्यक्रम रहेको छ।

भाजपा अध्यक्ष जेपी नड्डा संग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग को भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।