थारू लोकसाहित्य अब पुस्तकमा

थारू लोकसाहित्य अब पुस्तकमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ३१, २०७९

काठमाडौँ । लक्ष्मी माली तथा डा कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ । 
 
यसमा मोरङिया थारू लोकसाहित्यबारे रामसागर चौधरी, सप्तरीया थारू लोक साहित्यबारे नन्दलाल चौधरी, चितोनीया थारू लोकसाहित्यबारे कारी महतो, रुपन्देहीमा थारू लोकसाहित्यको अवस्थाबारे बमबहादुर थारू, डंगौरा थारू लोकसाहित्यबारे भूमिका थारू र बुनु थारूको लेख रहेको छ ।

त्यस्तै, डेसौरी थारू लोकसाहित्यबारे पवनकुमार थारू, कठरिया थारू लोकसहित्य बारे विष्णुप्रसाद कठरिया तथा राना थारू लोकसाहित्यबारे करम सिंह राना तथा बासमती कुमारी रानाको लेख रहेको छ । 

पुस्तकका सम्पादक डा.कृष्णराज सर्वहारीका अनुसार समाविष्ट सबै लेखको थारू भाषामा अनुवाद पनि समेटिएकाले थारू भाषाको विविधता बुझ्न स्वयम् थारू भाषीलाई पनि पुस्तकले मदद्त गर्नेछ ।