ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरी को ९१ औ शृङ्खलामा मन्त्री चौधरी

ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरी को ९१ औ शृङ्खलामा मन्त्री चौधरी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३२, २०७९

 काठमाडौं ।ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरी को ९१ औ शृङ्खलामा सहरी विकास मन्त्री मेटमणि चौधरी सहभागी हुनुभएको छ । सिसिआरसी कलेजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले थारु भाषा, थारु संस्कृती निकै समृद्ध रहेको बताउनुभयो ।

 थारु समुदाय  मेहनती , इमानदार र लगनशील रहेकाले अब राजनीतिमा पनि सक्रिय हुन उहाँले आह्वान गर्नुभयो ।

बिशिष्ट अतिथि रहनुभएका लेखक एव पत्रकार कृष्णराज सर्बहारीले थारु साहित्यबारे मन्तब्य राख्नुका साथै आफ्ना रचना समेत बाचन गर्नुभएको थियो ।

देशैभरिका प्रतिनिधि थारु लेखक तथा कलाकारको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व रास्ट्रिय थारु कलाकार मन्चका अध्यक्ष विनय वैद्यले गर्नुभएको थियो ।