मेयर मित्रप्रसाद काफ्ले: तलव भत्ता बापतको ३५ हजार रकम विद्यालयलाई हस्तान्तरण

मेयर मित्रप्रसाद काफ्ले: तलव भत्ता बापतको ३५ हजार रकम विद्यालयलाई हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३२, २०७९

पाँचथर  । पाँचथरको फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलव भत्ता बापतको रकम विद्यालयलाई बुझाएका छन । फिदिम नगरपालिकाका विपन्न, अशक्त र असहायलाई सहयोग गर्ने उदेश्यले अभियान शुरुवात गरेका छन ।

उनले पहिलो चरणमा नगरपालिकाबाट पाएको सुविधा बापतको रकम फिदिम ४ स्थित जागृति आ.वि.लाई सहयोग गरेका हुन । आवासीय विद्यालयका विद्यार्थीहरुलाई लुगा धुने वासिङ मेसिन खरिद गर्न उनले आफ्नो सुविधा बापतको ३५ हजार रुपैयाँ रकम प्रदान गरेका हुन । विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद लुईंटेल लाई ३५ हजारको चेक हस्तान्तरण गरेका थिए । 

यस्तै, फिदिमका युवाहरुद्वाररा स्थापना गरिएको हेल्प टुगेदर फाउण्डेशन अन्तर्गत संचालनमा रहेको हुनेले दिने,नहुनेले लिने अभियानलाई ३५ हजार रुपैया रकम हस्तान्तरण गरी सो अभियानमा सहयोग गरेका छन् ।

काफ्लेले आफुले पाउने तलव भत्ता लगायतका सेवा सुविधाको रकम बाट नगरपालिकाका १४ वटै वडामा आवश्यकता अनुसार विपन्न, अशक्त, असहाय  परिवारलाई सहयोग गर्दे जाने प्रतिवद्धता समेत जनाएका छन ।