पाँचथरमा फिदिम नगरपालिकाको बेरुजु सबैभन्दा बढी

पाँचथरमा फिदिम नगरपालिकाको बेरुजु सबैभन्दा बढी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३२, २०७९

पाँचथर ।  गत आर्थिक बर्ष २०७७र०७८ मा पाँचथरमा ३३ करोड ५४ लाख ४१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा पाँचथर जिल्लाको १ नगरपालिका र ७ पालिका गरी ८ स्थानीय तहको कुल लेखा परीक्षक रकम ८ अर्ब ७१ करोड ४० लाख ९२ हजार (आम्दानी र खर्च) मध्ये ३ दशमलव ८५ प्रतिशत रकम बेरुजु देखिएको हो ।

जिल्लाको ८ स्थानीय तह मध्ये सबैभन्दा बढी बेरुजु फिदिम नगरपालिकामा ७ दशमलव ७२ प्रतिशत, मिक्लाजुङ गाउँपालिकामा ५ दशमलव ६५ प्रतिशत र फालेलुङ गाउँपालिकामा ५ दशमलव २० प्रतिशत देखिएको छ ।

फिदिमको लेखा परीक्षक रकम दुइ अर्ब २ करोड ८२ लाख ३६ हजार रकममध्ये १५ करोड ६६ लाख ६ हजार, मिक्लाजुङको एक अर्ब २२ करोड ३६ लाख २८ हजारमध्ये ६ करोड ९१ लाख ८२ हजार र फालेलुङको एक अर्ब ८ करोड ६१ लाख ६५ हजारमध्ये ५ करोड ६४ लाख ३६ हजार रकम बेरुजु देखिएको हो। त्यस्तै फालुगन्द गाउँपालिकाको एक अर्ब १३ करोड ९२ लाख ६२ हजारमध्ये ४ करोड १ लाख ४९ हजार ९३५२५०, हिलिहाङ गाऊपालिकाको एक अर्ब १ करोड २४ लाख २६ हजारमध्ये ७८ लाख ९३ हजार ९०।७८५०, कुम्मायक गाउँपालिकाको ७६ करोड ०९ लाख ४ हजारमध्ये ७८ लाख ७० हजार रुपैयाँ ९०।५१५० र तुम्बेवा गाउँपालिकाको ६६ करोड १४ लाख ४९ हजारमध्ये १० लाख ७६ हजार ९०।१६५० प्रतिशत रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।