एकीकृत समाजवादी दोलखा काठमाडौ सम्पर्क मञ्च आगामी निर्वाचनको रणनीति बारेमा छलफल

एकीकृत समाजवादी दोलखा काठमाडौ सम्पर्क मञ्च आगामी निर्वाचनको रणनीति बारेमा छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३२, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) दोलखा काठमाडौ सम्पर्क मञ्चको बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय निर्वाचन समीक्षा सहित आगामी निर्वाचनको रणनीति बारेमा छलफल भएको छ । 

भेलाले स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै त्यस क्रममा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिने निर्णय गरेको छ । यस्तै भेलाले पार्टी संगठन  निर्माण र संगठन विस्तार, नवीकरण प्रकृयालाई तिव्रता दिने लगायतका निर्णय गरेको दोलखा काठमाडौ सम्पर्क मञ्चका विकल श्रेष्ठले बताउनु भयो । 

शनिवार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोक नगरमा सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्कीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।