नेपाल कृषि मजदुर संगठन सुनसरीमा रमेश भट्टराई

नेपाल कृषि मजदुर संगठन सुनसरीमा रमेश भट्टराई

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३२, २०७९

सुनसरी ।  नेपाल ट्रेड युनियन महासंघको घटक संगठन अन्तर्गतको नेपाल कृषि मजदुर संगठनको एक भेलाले रमेश भट्टराईको अध्यक्षतामा  १५ सदस्य रहेको  जिल्ला कमिटी सुनसरी गठन गरेको छ । 

 नेकपा (एकीकृत समाजवादी) सुनसरी को जिल्ला पार्टी कार्यलयमा भएको भेलाले गठन गरेकाे कमिटिको उपाध्यक्षमा  सकुन्तला वराइली  र गोपाल कठायत, सचिवमा  नरेश कठायत, उपसचिव मेनुका पौडेल ,कोषाध्यक्ष गणेश बस्नेत सदस्यहरु रबिन कठायत, टीका राम पौडेल ,रमेश कठायत, राधा सुवेदी ,विशाल राई,दिपेन्द्र बिष्ट,केशव पौडेल र लाल बहादुर रावत रहेका छन भने प्रमुख सल्लाह टेकबहादुर  भट्टराईलाई  चयन गरको छ । 

 कार्यक्रम रमेश भट्टराईको अध्यक्षता  नेपाल कृषि मजदुर संगठनको केन्द्रीय अध्यक्ष उत्तर बहादुर खड्काको प्रमुख आतिथ्य र  राष्ट्रिय कमिटिको सदस्य तुलसी ढकाल, नेपाल स्वतन्त्र ब्यापार सडक श्रमिक संगठनको केन्द्रिय सल्लाहकार प्रमुख ज्ञान बहादुर भट्टराई , नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य अम्बिका राई ,नेकपा ( एकीकृत समाजवादी)को केन्द्रिय सदस्य केशव कुमार बिष्ट ,  सार्बजनिक यातायात महासंघ १ नम्बर प्रदेश महासचिव र स्वतन्त्र सडक ब्यापार संघको केन्द्रिय कमिटीको उपमहासचिव प्रदिप तामाङ जेष्ठ नागरिकबाट हरि प्रसाद आचार्य, इटहरी चार नम्बर कमिटी वडा अध्यक्ष झलक वन लगायतको उपस्थिति रहेको  थियो । 

 कार्यक्रममा  स्वागत मन्तव्य नरेश कठायतले गर्नु भएको थियो भने कार्यक्रम संचालक नेपाल कृषि मजदुर संगठनको केन्द्रिय सदस्य  बिक्रम मैनालीले गर्नु भएको थियो।