गभर्नरलाई बर्खास्ती माग गर्दै नेबिसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा बालुवाटारमा प्रदर्शन

गभर्नरलाई बर्खास्ती माग गर्दै नेबिसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा बालुवाटारमा प्रदर्शन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ । 

नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । 

जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ भने सो धरपकडको क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको  दावी गर्दै अधिकारीलाई बर्खास्त गर्नका लागि केही दिन देखी काठमाडौंमा प्रदर्शन भईरहेका छन । राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र  गभर्नर हुनसक्ने  प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ बिभागका रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भईरहेका हुन । 

नेकपा एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गर्भनर अधिकारी नभएको भन्दै प्रेस विज्ञप्ति जारी गरिसकेको छ भने  साथै गर्भनर अधिकारीलाई पत्र लेखेर एम अधिकारी भन्ने ब्यक्ति ‘तपाई नभएको’ ब्यहोराको पत्र पनि पठाइसकेको छ ।