कांग्रेस पदाधिकारी बैठक बस्दै : निर्णय पुस्तिकाको राख्ने गृहकार्य

कांग्रेस पदाधिकारी बैठक बस्दै : निर्णय पुस्तिकाको राख्ने गृहकार्य

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७९

काठमाडौँ ।नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएकाे छ ।

केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ । शनिबार नै केन्द्रीय समितिको बैठक सक्ने तयारी भए पनि नेताहरूले बाेल्ने पालाे नसकिएकाले लम्बिएकाे हाे ।

यस पटककाे कांग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आराेप-प्रत्याराेप सुरु भएकाे छ । खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि देउवा निकट नेताहरू बढी नै आक्रमक देखिएका छन् । प्रत्युत्तरमा थापा र शर्माले पनि देउवाले कार्यशैली नसुधारे चुप नबस्ने चेतावनी दिएका छन् ।