कार्ट्समान्डु सिलालम टुर्नामेन्टमा डिगविजय अधिकारीले बाजी मारे

कार्ट्समान्डु सिलालम टुर्नामेन्टमा डिगविजय अधिकारीले बाजी मारे

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १, २०७९

 काभ्रे । शनिबार अबेर हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्ड सिलालम ’मा डिगविजय अधिकारीले बाजी मारेका छन । बिबेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमश दोश्रो र तेश्रो स्थान हासिल गरे ।

वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ्ग, एफ आइ ए वल्र्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसाले उपाधि र प्रमाण पत्र प्रदान गर्नु भयो । पुरस्कार वितरण संगै राखेप सदस्य सचिव  घिसिङ्गले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोटर्स सन्तोष जनक लयमा रहेको बताउँदै आगामी दिनमा राखेपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

यस अघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए ।  फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
विजयी टोलीलाई सिङगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ ।

प्रतियोगिताको सुरुवातमा सम्पुर्ण ड्राइभरहरुलाई नासा नेपालका सचिव सन्तोष न्यौपाने र कार्ट्स कोर्डिनेटर आशिष लामिछानेले ओरिएन्टेशन दिनुभएको थियो ।